अपराधमा संलग्न केन्द्रीय सदस्य छुटाउन एमालेको युवा संघद्वारा प्रदर्शन, के गर्छन् गृहमन्त्री लामिछाने ?

चन्द्रपुर । एमालेको भ्रातृ संगठन युवा संघ नेपालले वन मुद्दामा पक्राउ परेका केन्द्रीय सदस्य बिक्रम लामालाई रिहाइको माग गरेर रौतहटमा प्रदर्शन गरेको छ ।
शुक्रबार युवा संघका नेता कार्यकर्ताले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरमा एक घण्टा अबरोध गरेर आवागमनमा अबरोध पुर्याएको छ । वन तस्करी काण्डमा लामा पक्राउ परेका छन् ।
चन्द्रपुर नगरपालिका–२ का लामालाई डिभिजन वन कार्यालयले वनसम्बन्धी मुद्दामा गत बुधबार पक्राउ गरी हिरासतमा राखेको छ । युवा संघका नेता कार्यकर्ताले लामाको विनासर्त रिहाइको माग गरेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्र मिश्रले लामाविरुद्ध वनसम्बन्धी मुद्दा दर्ता गरी १० दिनको म्याद थपेर हिरासतमा राखेका छन् । युवा संघका नेता कार्यकर्ताले लामालाई छाड्न दवाव दिएका छन् ।
युवा संघका रौतहटका अध्यक्ष मुन्ना यादबको नेतृत्वमा चन्द्रनिगाहपुरस्थित एमालेको पार्टी कार्यालयबाट मोटरसाइकल र्याली पनि निकालेका छन् ।
उनीहरूले डिभिजन वन कार्यालय नजिक पुगेर टायर बालेर पूर्वपश्चिम महेन्द्र राजमार्गमा अबरोध गरेका हुन् । डिभिजन वनका प्रमुख मिश्रले भने प्रमाणका आधारमा लामालाई पक्राउ गरी अदालतमा मुद्दा अघि बढाइएको बताएका छन् ।
एमालेको भ्रातृ संगठन युवा संघले सत्ता र शक्तिको आडमा वन मुद्दामा पक्राउ परेका केन्द्रीय सदस्य लामालाई छुटाउन अराजक हर्कत गर्न शुरु गरेको छ । एमाले सत्तामा पुगेको दुई दिनभित्र युवा संघले सडकमा प्रदर्शन गरेर सर्वसाधारणलाई दु:ख दिएको छ ।
गृहमन्त्री रवि लामिछाने छन् । लामिछानेले युवा संघले पूर्वपश्चिम महेन्द्र राजमार्गमा गरेको अबरोधको टुलुटुलु हेरेर बसेका छन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया