कम्युनिस्ट गठबन्धनबारे रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौं । पछिल्लो राजनीतिकका विषयमा छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा कम्युनिस्टहरूको नयाँ गठबन्धन र भावी रणनीतिका विषयमा छलफल हुनेछ । कांग्रेसले वैकल्पिक शक्ति बनाउने विषयमा पनि परामर्श गर्नेछ ।

संसदीय दलको बैठक बिहीबार बिहान ९ बजे बस्नेछ । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख प्रतिपक्ष दलको बेन्चमा बस्नेछ ।

Published : Wednesday, 2024 March 6, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया