कांग्रेससँग गठबन्धन भत्काउनेवित्तिकै प्रचण्डद्वारा राष्ट्रियसभा अध्यक्षमा भाइलाई प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसँगको गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन बनाएका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाको अध्यक्षमा आफ्ना भाइलाई प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री दाहालले राष्ट्रियसभाको अध्यक्षमा भाइ नारायण दाहाललाई प्रस्ताव गरेको स्रोतले जनाएको छ । चितवन निवासी नारायण दाहाललाई प्रचण्डले पटक पटक अवसर दिँदै आएका छन् ।
परिवारभित्रका सदस्यहरूलाई अवसर दिँदै आएका प्रचण्डले भाइलाई अध्यक्ष बनाएर गुन लगाउन खोजेका छन् । कांग्रेसले प्रचण्डका भाइलाई अध्यक्ष बनाउन कुनै पनि हालतमा मान्ने थिएन । कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई बनाउन चाहेको थियो ।
भाइ, बछोरी, ज्वाइँ, बुहारी, नाती, नातिन लगायतलाई राज्य सत्तामा प्रचण्डले अवसरहरू दिँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया