गृह मन्त्रालयद्वारा यी १८ जना उपसचिवहरुको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १८ जना उपसचिवहरूको सरूवा गरेको छ ।

आइतबार मन्त्रालयले केही उपसचिवको सरूवा र केहीको पदस्थापन गरेको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताएका छन् ।

उपसचिव टेकुमार रेग्मीको जिल्ला प्रशासन कार्यालय मोरङ, रविन्द्रप्रसाद आचार्यको जिप्रका सल्यान, उत्तमकुमार घिमिरेको जिप्रका रौतहट, मोहनप्रसाद न्यौपानेको गृह मन्त्रालय, छविरमण भट्टराईको जिप्रका बारा, कल्पना घिमिरे नेपालको जिप्रका ललितपुर, अमरदीप सुनुवारको गृहमन्त्रालय, मित्रलाल शर्माको नख्खु कारागार, लीलाबल्लभ न्यौपानको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मोहनबहादुर थापाको पोखरा विमानस्थलमा सरुवा भएको छ ।

चिरञ्जीवी रानाको जिप्रका रुपन्देही, ध्रुबबहादुर कुँवरको जिप्रका नवलपरासी, खिमानन्द भुसालको जिप्रका चितवन, राजुप्रसाद पौडेलको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग, ललितकुमार बस्नेतको गृह मन्त्रालयमा सरुवा भएको छ ।

उपसचिव कृष्णप्रसाद सापकोटाको अध्यागमन विभाग, कृष्णबहदाुर कटुवालको केन्द्रीय कारागार सुन्धारा, र पुष्कर रानाको जिल्ला प्रशासन कार्यालय जाजरकोटमा सरुवा भएको छ ।

Published : Sunday, 2024 March 3, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया