लरेट एन्ड लिडर्स शिखर सम्मेलनबाट निकै आत्तियो एमाले, बखेडा गर्न दलाई लामाको नाम बेच्यो

देउखुरी । लुम्बिनी प्रदेश सरकारले पूर्वनिर्धारित योजनाअनुसार ‘लरेट एन्ड लिडर्स’ शिखर सम्मेलन गर्न लागेको छ ।

लुम्बिनी प्रदेशको प्रचार प्रसार र पर्यटन प्रबर्द्धनका लागि लुम्बिनी प्रदेश सरकारले सम्मेलन गर्न लागेको हो । सम्मेलनबाट लुम्बिनीलाई ब्राण्डिङ गर्ने प्रदेश सरकारको तयारी छ ।

शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुनको २८ र २९ गते लरेट एन्ड लिडर्स शिखर सम्मेलन हुन लागेको छ ।

सम्मेलन सफताका साथ सम्पन्न भयो भने नेपाली कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकार सफल हुनेछ । सम्मेलनबाट लुम्बिनी प्रदेश सरकारले विश्वभरिबाट पर्यटक भित्र्याएर जनताको जीवनस्तर बढाउन खोजेको छ ।

प्रदेश सरकारको सम्मेलनलाई सफल बनाउने योजना एमाले र एमाले समर्थक सानो झुण्डलाई मन परेको छैन । लुम्बिनी प्रदेशका मन्त्रालय, मन्त्रिपरिषदको कार्यालयमा एमाले निकटका कर्मचारीहरुको बाहुल्यता छ । ती कर्मचारीले एमालेका नेताहरुलाई नभएका कुराहरुले कान भरेर हैरान बनाएका छन् ।

चीन निकटका तत्वहरु पनि यो सम्मेलन विथोल्न खोजेका छन् । नेपालमा रहेका चिनियाँ एजेन्टहरुलाई पनि सम्मेलन मन परेको छैन । सम्मेलन सफल हुनेवित्तिकै विदेशबाट पर्यटक लुम्बिनीमा ओइरिनेछन् ।

तिब्बती धर्मगरु दलाई लामालाई लुम्बिनीमा ल्याउन लागेको भनेर एमालेका नेता र कर्मचारीहरुले प्रचार प्रसार गरिरहेका छन् । मिडियाबाजी गरेका छन् । एमालेका सांसद सूर्य थापाले प्रतिनिधिसभामै कुरा उठएका छन् । लुम्बिनीको प्रचार प्रसार गरेर पर्यटक भित्र्याउने योजनाको विरोध गर्नु भनेको एमालेको विकास विरोधी चरित्र उदाङ्गो भएको छ । दलाई लामालाई सम्मेलनमा ल्याउने कुनै योजना नरहेको आयोजकले पत्रकार सम्मेलनमार्फत बताइसकेको छ । तर, पनि एमाले समर्थक झुण्डले उत्पात मच्चाइरहेको छ ।

एमालेले सम्मेलनविरुद्ध निकै जोडतोडले विरोध गरिरहेको छ । कांग्रेस र माओवादी केन्द्रका सीमित नेताहरु बाहेक सबैले सम्मेलनलाई सफल बनाउन लागेका छन् ।

सम्मेलनमा अहिलेसम्म विश्वका विभिन्न देशका नोवेल शान्ति र अन्य विधामा पुरस्कार प्राप्त गर्न सफल विश्वविख्यात व्यक्तित्वहरु सहभागी हुनुहुनेछन् ।

सम्मेलनमा विभिन्न देशका नौ जना नोबेल शान्ति पुरस्कार विजेता लुम्बिनी आउनेछन् । नोबेल शान्ति पुरस्कार विजेता टिमोर–लेस्टेका राष्ट्रपति जोसे रामोस होर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान सहभागी हुनेछन् ।

सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापकमध्येका अब्देससतार वेन मौसा र विदेद बुसामाबुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउने पक्का भएको छ ।

अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो पनि सहभागी हुनेछन् ।

विभिन्न देशका २०० भन्दाबढी विकास साझेदारका साथै विभिन्न क्षेत्रका तीन सय जना विज्ञ सहभागी हुनेछन् । सहभागीलाई पाल्पा, स्वगद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गराइने योजना छ ।

लुम्बिनी प्रदेश सरकारले सम्मेलनका लागि ६ करोड ५० लाख बजेट छुट्याइएको छ । बजेट छुट्याइए पनि प्रदेश सरकारले सम्मेलनमा निकै न्यून खर्च गरेर बाँकी विनियिोजित रकम अन्य विकासका कार्यक्रममा खर्च गर्ने योजना बनाएको छ ।

प्रदेश सरकारको नीति कार्यक्रम र बजेटमै समावेश गरी प्रदेशसभाबाट पास भएर सरकारले कार्यान्वयनमा ल्याएको छ ।

बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचविखनलाई नियन्त्रण एवम् न्यूनीकरण गर्ने बताएका छन् ।

Published : Saturday, 2024 March 2, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया