कांग्रेसद्वारा चितवनकी शालिन पोखरेलको मृत्यु प्रकरणबारे अनुसन्धान गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले किशोरीको ज्यान गएको चितवन घटनाको गहन अनुसन्धान गर्न माग गरेको छ ।
शनिबार विज्ञप्ति जारी गरेर कांग्रेसले चितवनमा १४ वर्षीया शालिन पोखरेलको मृत्यु भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केहि दिनअघि सोही स्कूलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणहरुप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैंमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ’, कांग्रेसले भनेको छ ।
‘नेपाली कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कार्वाहीका लागि सरकारसँग जोडदार माग गर्दछ’, कांग्रेसले भनेको छ ।
‘यो दुःखद क्षणमा बालिका शालिन पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस उहाँको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ’, कांग्रेसले भनको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया