अर्यालको नेतृत्वमा डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसोसिएसन लुम्बिनीको कार्यसमिति सर्वसम्मत
भैरहवा । डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसोसिएसन नेपाल (डान), लुम्विनी प्रदेशको प्रादेशिक भेला तथा दोस्रो प्रदेश अधिवेशन भैरहवामा सम्पन्न भएको छ ।
डान लुम्बिनीका संयोजक नवराज भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी रहेका थिए ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण विशिष्ट आतिथिका रुपमा रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ पनि रहेका थिए ।
उपाध्यक्ष डा.केसीले विज्ञहरुलाई राजनीतिक पार्टीमा उचित भूमिका दिँदा पार्टी र देश दुबैलाइ फाइदा हुने जनाएका छन् ।
सभापति खाणले डानलाई पेशाको हकहित र मर्यादा कायम गर्नुपर्ने जिम्मेवारी रहेको बताएका छन् ।
अध्यक्ष नवराज भण्डारीले डानले आगामी दिनहरुमा प्रदेशको कृषि सम्बन्धि विविध योजना सहित योजना आयोगलाई बुझाउने बताए ।
अधिवेशनले गहुँ बाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक लक्ष्मण अर्यालको संयोजकत्वमा डान लुम्बिनी प्रदेशको ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।
समितिमा एनसीडीसी दाङका कृषि कार्यक्रम संयोजक शशांकबाबु आचार्य सहसंयोजक, गुल्मीका कृषि विज्ञ संदेश भण्डारी सचिव, पक्लिहवा कृषि क्याम्पसकी उपप्राध्यापक पूजा थापा कोषाध्यक्ष रहेकी छिन् ।
सदस्यहरुमा पक्लिहवा कृषि क्याम्पसकै उपप्राध्यापक डा.अनु दुवाल, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरी तथा माण्डवी गाउँपालिका प्यूठानका कृषि अधिकृत सनत केसी रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया