कुमारी र प्रदीपलाई भरतपुरबाट पक्राउ गरी सीआईबीले काठमाडौं ल्यायो

काठमाडौं । राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ २९ वर्षीया कुमारी गुरूङ र ४१ वर्षीय प्रदीपकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ ठेगाना भएकी न्यू समीक्षा सप्लायर्सकी प्रोप्राइटर गुरूङ र पर्साको वीरगंज महानगरपालिका–८ ठेगाना भएका सोही सप्लायर्सका बैंक खाता संचालक गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार ५ सय ३० रूपियाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको हो ।
उनीहरूले न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी एकआपसमा मिलोमतो गरी मालवस्तु खरिद बिक्री नगरी नक्कली कर बिजक जारी गरी संकलन भएको मूल्य अभिवृद्धि कर र आम्दानीमा कानून बमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेकोमा अदालतले उनीहरू विरूद्ध उक्त कैद तथा जरिवाना सजाय फैसला गरेको थियो ।
उनीहरूलाई फैसला कार्यावन्यनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया