नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिने विवादित नेता राजेन्द्र महतोले पार्टी छाडे

काठमाडौं । पूर्वउपप्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् ।

सोमबार काठमाडौंमा कार्यक्रम गरेर महतोले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । नेता महतोले नयाँ पार्टी बनाउने तयारी गरेका छन् ।

उनले राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरेका छन् । महतोले संविधान जारी भएपछि ६ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको बताएका छन् ।

देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरूरी भएको र त्यसका लागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरेको उनले बताएका छन् ।

नेता महतोले मधेश आन्दोलनको नाममा नाकाबन्दी घोषणा गरेर नेपाली जनतालाई निकै ठूलो दुःख दिएका थिए । महतोको हर्कत र आन्दोलन निकै अराजक बनेको थियो ।

नेपाल र भारतको सम्बन्ध बिगार्नुमा नेता महतोको ठूलो भूमिका छ । उनका गलत हर्कतले नेपालीहरुलाई भारतप्रति नकारात्मक भावना बनाउन बाध्य बनाएका छन् ।

लोसपाका नेता महन्थ ठाकुरसँग निकै असन्तुष्ट भएर महतोले पार्टी छाडेका छन् । महतो प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि निकै तनावमा छन् ।

Published : Tuesday, 2024 February 27, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया