ग्यास सिलिण्डर बिष्फोट हुँदा रेशमको मृत्यु, ५ जना घाइते
निजगढ । बारा जिल्लाको निजगढ नगरपालिका–७ निजगढ बजारस्थित रोहित वर्कशप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
सिलिण्डर बिष्फोट हुँदा वर्कशपका संचालक सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय रेशम मगरको सोमबार दिउँसो मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । सिलिण्डर बिष्फोट घाइते भएका ५ जनामध्ये ४ जनाको बयोधा अस्पताल वीरगंजमा र १ जनाको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ, बारामा उपचार भइरहेको छ ।
Published : Tuesday, 2024 February 27, 8:43 am
फेसबुकबाट तपाईको प्रतिक्रिया