कांग्रेसका राष्ट्रिय सभाका सांसदहरुलाई स्वागत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्यबीच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आइतबार सिंहदरबारमा नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरुलाई नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले खादा लगाई स्वागत गरेको प्रमुख सचेतक अनिता देवकोटाले बताएकी छिन् । कार्यक्रममा राष्ट्रिय सभा दिगो विकास तथा सुशसान समितिका सभापति प्रकाश पन्थले स्वागत मन्तव्य राखेका छन् ।

कार्यक्रममा वहालवाला राष्ट्रिय सभा सदस्य कमला पन्त, अनिता देवकोटा, कृष्णप्रसाद पौडेल, दुर्गाकुमारी गुरुङ, नारायणदत्त मिश्र र युवराज शर्माले आफूहरुको संसदीय अनुभवबारे बताएका छन् ।

निवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरु कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले संक्षिप्तमा रुपमा भनाई राखेका थिए ।

उनीहरुले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरी निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति एवं नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रिय सभामा हालसम्म नेपाली कांग्रेसको भूमिका, राष्ट्रिय सभा र विषयगत समितिहरुमा कांग्रेसको कार्य सम्पादनका बारे नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई बताएका थिए ।

Published : Sunday, 2024 February 25, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया