सांसद सापकोटाले नागरिकता, राहदानी र पेन्सन काण्ड खोले, एमाले, रास्वपा र राप्रपालाई सबक सिकाए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संक्षित भनेको के हो भनेर प्रश्न गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले संक्षितका विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल हुनुपर्ने बताए । उनले संसदलाई बचाउने दायित्व सबैको रहेको पनि बताएका छन् ।

उनले भने, ‘सभामुखज्यूलाई के प्रश्न छभने ? यो संक्षिप्त भनेको कति समय हो ? मलाई मन लागुन्जेल बोल्न पाउने हो ? या सभामुखको तजबिजमा या तपाईलाई आनन्द आएका कुरामा मात्रै बोल्न पाइने हो ?’

‘मलाई थाहा छ, सभामुखलाई सिधासिधा प्रश्न गर्न पाइँदैन । मलाई यो पनि थाहा छ, सभामुखलाई रोष्टममा बस्दा तपाईका कानमा राम्रा स्वर गुञ्जिएनन् भने बीचमा रोक्न पाइँदैन भन्ने कुरा हाम्रो संसदको नियमावली धारा २१ को (ङ)ले भन्दछ ‘प्रतिपक्षका माननीयज्यूहरूलाई एकचोटी हाम्रो धाराको २१ को (ङ) बुँदा एकचोटी श्रवण गर्न अनुरोध गर्न चाहन्छु’, उनले भने ।

‘बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनासयले दुरुपयोग गर्न नहुने भनेर भनिएको छ’, सापकोटाले भने, ‘अहिले भरखरै माननीय राजन केसीले आफ्ना कुरा राख्दै हुनुहुन्थ्यो ।’

उनले भने, ‘माननीय राजन केसीले नियमापत्ति गरेर बोल्नुभएको हो भने तपाईहरूले नियमापत्ति गरेर आफ्ना कुरा सानदारपूर्वक राख्नुपर्दथ्यो । हामी के सिकाउँदै छौँ ? तपाईहरूसँग आज संख्या बढि छ, प्रतिपक्षसँग ।

‘प्रमुख प्रतिपक्षसँग संख्या आज बढि छ । हामी त उसै सानो पार्टी । बीचको नेपाली कांग्रेस किन कम भयो ? थाहा छैन’, उनले भने, ‘तपाईहरूसँग संख्याको बल छभन्ने वित्तिकै बेसगरी ढ्यापढ्याप गरेर हाम्रा स्वरहरूलाई कुण्ठित गर्ने यहि हो लोकतन्त्र ? यहि हो प्रमुख प्रतिपक्षले हामीलाई सिकाउन खोजेको कुरा ? अनि यो कुरा हामीले यो कुरा टुलुटुलु हेरिदिनुपर्ने ?’

उनले भने, ‘बीचमा माननीय राजन केसीलाई हामीले बोल्नुस् भनेर भनेको होइन । सभामुखले त्यहाँबाट रुलिङ गरेर संक्षिप्तमा बोल्नुस् भनेर आदेश गर्नुभएको हो । शुरुमै प्रमुख प्रतिपक्ष उठ्दा नउठ्दै तपाईले कुन नियमावलीमा टेकेर यो रुलिङ गर्नुभयो र हामी कुन मनोवलका साथ यो संसदमा बहस गर्ने ? हामी कुन मनोवलमा जनताका आवाजहरू यो संसदमा घन्काउने ? आजको घटनाक्रम निकै सम्वेदनशील छ । यसलाई गम्भीरतापूर्वक लिउँ ।’

उनले भने, ‘भरखरै माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो, संसद चल्दैन । नचलाउनुहोस् केही छैन । संसद बन्द गर्न हुलहुज्जत गर्न अराजकता प्रदर्शन गर्न मनलागि गर्नका लागि जनताबाट निर्वाचित भएर आएको हो ? तपाईहरू शासन व्यवस्थाका कुरा पनि गर्नु हुन्छ ।’

‘तपाईहरूलाई अधिकार छभने, यो शासन व्यवस्था गलत छभने तपाईहरू सांसदको पद राजीनामा गरेर सडकमा जानुस् । विद्रोह गर्नुस् । त्यो अधिकार तपाईहरूलाई छ नि ! यहि संसदमा बस्ने, संसद चल्न नदिने, अराजक हुने, उछृङ्खल हुने, यो के तरिका हो ?’, सांसद सापकोटाले भने ।

‘जहाँसम्म तपाईहरूले भनेका कुराहरू ठीक छ हामी पनि यहाँबाट भनेका छौँ । मैले हिजो मात्रै भनेको हो’, उनले भने, ‘दुधको पैसा सरकारले तिर्दैन, अहिले जनताले दुध मात्रै पोखेका छन्, सडकमा आक्रोश पोखे भने सरकारले यो थेग्न सक्छ ? हामी सत्तापक्षका सांसदहरूले भनेका छौँ ।’

उनले भने, ‘म भन्न चाहन्छु प्रतिपक्षकाहरूलाई संसदका महासचिवका तीन वटा नागरिकता र दुई वटा पासपोर्ट पनि तर्पाइहरू उठाएका कुराहरूमा थप्नुहोस् न । संसदमा हाम्रो महासचिवको ३ वटा नागरिकता छ । दुई वटा पासपोर्ट छ । तपाईहरूले त्यो थप्नु हुन्न ?’

‘तपाईहरूले हो नि प्रतिपक्ष र प्रतिपक्षका सात जना सांसदहरूले १५ वर्षमा पेन्सन पाक्ने भनेर हामी पेन्सनका लागि समय दिने हो भने नेपाल प्रहरी, नेपाल आर्मी र शिक्षकहरूलाई दश वर्षमा पेन्सन दिने के मन लाग्दी संशोधन हाल्ने ? सबै बहस गर्न पाइन्छ ? सबै विकृतिका कुरा उठाउने हो भने ठीक छै । म भन्न चाहन्छु । सबै जिम्मेवार ढंगले सम्हालिऔँ’, उनले भने ।

‘यो संसदको गरिमालाई कायम राख्न प्रत्येक सदस्यको एकएक जिम्मेवारी हो । सबै उत्तिकै जिम्मेवार भएर मात्रै यो संसदको गरिमालाई कायम राख्न सकिन्छ’, सांसद सापकोटाले भने ।

Published : Friday, 2024 February 23, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया