एमालेका नेता पुर्पक्षका लागि जेल चलान

पोखरा । प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका एमालेका नेता अर्जुन गिरी सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा गिरीलाई जिल्ला अदालत कास्कीले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश रामचन्द्र शर्माको इजलासले पछि ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार गिरी बुधबार अदालतमा उपस्थित भएका थिए ।

गिरी ‘ताण्डव न्यूज डटकम’का प्रधान सम्पादकसमेत हुन् । गिरी मित्रमिलन सहकारीका प्रेस सल्लाहकार थिए । गिरी नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य एवम् पोखरा– २१ का वडा इन्चार्जसमेत हुन् ।

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्यसँग मिलेर करिब २७ करोड रुपियाँ रकम अपचलन गरेको आरोप छ ।

Published : Thursday, 2024 February 22, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया