गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरालाई प्रस्तावबाटै हटाऔं : राजु खनाल

गोदावरी । नेपाली कांग्रेस लुम्बिनीका उपसभापति एवम् प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्तावमा रहेका गठबन्धनको कुरालाई हटाउन माग गरेका छन् ।

बिहीबार ललितपुरको गोदावरीमा आयोजित समूहगत छलफलमा भाग लिँदै खनालले चार वर्षपछि हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिले नै निर्णय गर्न नहुने बताए । उनले कांग्रेसको संगठन बनाउनका लागि भ्रातृ संस्थाहरूलाई चुस्तदुरुस्त बनाउन आग्रह गरेका छन् ।

उनले भने, ‘०७९ सालको गठबन्धनको सरकार हामीले निर्माण गरेका छौं । त्यस बेला केन्द्रीय समितिले एकमतले आगामी दिनमा हामी गठबन्धनको माध्यमबाट गठबन्धनको माध्यमबाट संविधानको रक्षाका लागि हामी अगाडि बढेका छौँ ।’

उनले भने, ‘चार वर्षपछिको निर्वाचनका लागि नीति अधिवेशनको चासोको रुपमा हेरिएको छ । महासमितिको बैठकमा विभाजनको रेखा कोर्ने प्रयत्न गर्नु हुँदैन ।’

‘प्रस्तावमा रहेका आगामी दिनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने गठबन्धनको कुरालाई प्रस्तावमा राख्नु हुँदैन । झिक्नुपर्छ’, उनले भने, ‘कांग्रेसभित्र विभिन्न समस्याहरू छन् । हाम्रा भद्दा खालका संगठनहरू छन् ।’

उनले भने, ‘बैठक पनि राख्न नसकेको कुराहरू आइरहेको छ । अत्यन्तै सानो संगठन बनाएर चुस्त बनाउनुपर्छ ।’

Published : Thursday, 2024 February 22, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया