गगनका सहयाेगी सविनबाबु कुन हैसियतमा पुगे बबाल गर्न महासमिति बैठकमा ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका सहयोगी (चालक) सबिनबाबु मडभरीसहितको गैरव्यक्तिहरूले महासमिति बैठकभित्रै बबाल गरेका छन् ।
बिहीबार ललितपुरको गोदावरीमा समूहगत छलफलपछि समूहका संयोजकहरूद्वारा रायसुझाव पेश गरिरहेका बेला थापाका सहयोगीसहितको समूहले नाराबाजी गरेर हुलहुज्जतको प्रयास गरेको थियो । महामन्त्री थापाका सहयोगी सविनबाबु मुडभरीलगायतले नाराबाजी गरेको भिडियो र तस्बिरमा देखिएको छ ।
महामन्त्री थापाले आफ्ना सहयोगी (चालक) सविनबाबु मुडभरीलाई कुनै हैसियतले बन्दसत्रभित्र प्रवेश गराए प्रश्न उठेको छ । महामन्त्री थापाका सहयोगी सविनबाबु मुडभरीको समूहले नाराबाजी गरेर बबाल गर्दैगर्दा बाग्मती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले आफ्नो समूहको सुझावसहितको धारणा राखिरहेका थिए ।
बन्दसत्रभित्र प्रवेश गरेका सविनबाबु मुडभरीले देखिएको अराजक हर्कतको विरोध भएको छ । हुन त सविनबाबु मुडभरी महामन्त्री थापाका सहयोगी हुन् । उनको विषयमा प्रश्न उठाउनु कांग्रेसका नेता कार्यकर्ताका लागि महँगो पर्न सक्छ ।
महामन्त्री थापाका सहयोगी सविनबाबु मुडभरीलाई किन र कुन उद्देश्यले बन्दसत्रको हलभित्र प्रवेश गराइएको थियो भन्ने कुराको पुष्टि बबाल गरेको कार्यले देखाएको छ ।
महासमिति बैठकको बन्दसत्रमा महासमिति सदस्यहरूलाई मात्रै प्रवेश दिइएको थियो । थापाका सहयोगी सविनबाबु मुडभरी महासमिति सदस्य पनि होइनन् । उनी कुनै हैसियतमा बैठकभित्र प्रवेश गरे प्रश्न उठेको छ । महासमिति बैठक बिथोल्नका लागि आफ्ना सहयोगीलाई महामन्त्री थापाले प्रवेश गराएको भनेर टिकाटिप्पणी भएको छ ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया