कांग्रेस नेता तिमिल्सिनाद्वारा गठबन्धनको बचाउ

गोदावरी । नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य जन्मजय तिमिल्सिनाले कांग्रेसले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताएका छन् ।

बुधबार ललितपुरको गोदावरीमा महासमितिको बैठकमा समूहगत छलफलमा सहभागी हुँदै नेता तिमिल्सिनाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको कांग्रेसले सबै दलहरूलाई मिलाएर लैजानुपर्ने बताए । उनले गठबन्धनको औचित्य पनि यथावत रहेको बताए ।

लुम्बिनी प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक समेत रहेका तिमिल्सिनाले आवश्यक्ताअनुसार गठबन्धन गरेर जानुपर्ने बताए । उनले अहिलेको गठबन्धनको बचाउ गरेका छन् ।

कांग्रेसले आवश्यक्ता र औचित्यका आधारमा गठबन्धन गरेर जानुपर्ने उनको भनाइ छ ।

Published : Wednesday, 2024 February 21, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया