लुम्बिनी सरकारद्वारा प्रदेश निजामती सेवा नियमावली पारित

फागुन । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ ।

मन्त्रिपरिषदको आइतवार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको हो । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषदले नियमावली स्वीकृत गरेको हो ।

ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याइ कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानूनहरू बनाउन सक्ने व्यवस्था अनुसार प्रदेश निजामती सेवा नियममावली २०८० ल्याइएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए ।

केहि समयअघि सरकार बने लगतै प्रदेश निजामती सेवा ऐन जारी भएको थियो । सोहि आधारमा सरकारले नियमावली ल्याएको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारीहरूको व्यवस्थापन र बृृद्धिविकासका लागि ऐन र नियमावली सरकारले ल्याएको बताएका छन् । उनले प्रदेशका निजामती कर्मचारीको लागि कानून नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको बताए ।

‘प्रदेशका आयोजनाको बहुबर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निणर्य गरेको छ । सुशासन, विकास, समृद्धिको लागि आयोजना व्यवस्थापन र सार्वजनिक खर्च प्रणालीमा प्रभावकारीता ल्याउन बहुवर्षीय आयोजनाहरूको समुचित व्यवस्थापन गर्नु पर्ने भएकोले मापदण्ड स्वीकृत गरिएको प्रबक्ता पाण्डेयले बताए ।

Published : Sunday, 2024 February 18, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया