पीएसओ र घुमुवाले बोक्ने पेस्तोल दुरुपयोगबारे हेडक्वाटरको नयाँ आदेश

काठमाडौं । पेस्तोलसहितका हतियार दुरुपयोग बढ्न थालेपछि नेपाल प्रहरीको हेडक्वाटरले कडा निगरानी बढाएको छ ।
प्रहरी हेडक्वाटर नक्सालले आन्तरिक सर्कुलर जारी गरेर व्यक्तिगत सुरक्षा एवम् सादा पोसाक (घुमुवा)मा खटिने प्रहरी कर्मचारीलाई हतियार दिनुपर्ने भएमा कार्यालय प्रमुखलाई जाहेर गरेर मात्र हतियार दिन निर्देशन दिइएको छ ।
हतियार समयमा फिर्ता गरेको नगरेको अनुगमन गर्ने, कार्यालय प्रमुखले नियमित जाँच गर्नुपर्ने निर्देशन हेडक्वाटरले दिएको छ ।
कार्यालय प्रमुखको कमजोरीका कारण पेस्तोल र हतियारहरूको दुरुपयोग भएर हत्याका घटना भएको प्रहरी मुख्यालयले जनाएको छ ।
नियमित अनुमगन गर्न र यस्ता घटना हुन गर्न नपाउने गरी व्यवस्था मिलाउन हेडक्वार्टरले सर्कुलर जारी गरेको स्रोतले जनाएको छ ।
पेस्तालेसहितका हतियारबाट हत्या लगायतका घटना दोहोरिए सम्बन्धित कार्यालय प्रमुखमाथि प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।
दाङको घोराहीमा प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले पत्नी समेत रहेकी महिला प्रहरी जवान धनमाया थापा मगरलाई पेस्तोलले गोली हानेर हत्या गरेका थिए ।
यसअघि वैशाखमा तत्कालीन कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीका पीएसओ प्रकाश पुन मगरको लापरबाहीका कारण एक महिला गोली लागेर घाइते भएकी थिइन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया