ईन्द्रेणी फुडल्याण्डमा गगन थापाको गुटको बैठक, शेखर-विश्व-प्रदीपद्वारा बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू निकटका नेताहरूको गुटको बैठक राखेर छलफल गरेका छन् ।
शनिबार काठमाडौंको नयाँबानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्डमा कांग्रेसका केन्द्रीय सदस्य, पदाधिकारी, सांसद, महासमिति सदस्यहरूसँग थापाले छलफल गरेका हुन् । महासमितिको बैठकमा उठाउने एजेण्डा र प्रस्तुतिका विषयमा महामन्त्री थापाले परामर्श गरेका हुन् ।
महामन्त्री थापाको गुटको बैठकमा नेता शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल आएनन् । शेखर कोइरालाले आइतबार अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा गुटको भेला राखेका छन् । चियापानको बहाना बनाएर महासमितिका सदस्यहरूलाई शेखर कोइरालाले बोलाएका छन् ।
महामन्त्री थापाले बोलाएको गुटको बैठकमा नेताहरू सरिता प्रसाइँ, चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रतिमा गौतम, टेकराज पौडेल, मनोजमणि आचार्य, बिक्रम खनाल, नीमा गिरी लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया