साेमबार एक बजे सभापति देउवाले महासमिति बैंठकको उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले साेमबार ललितपुरमा गर्ने भएका छन् ।

साेमबार दिउँसो १ बजे ललितपुरको गाेदावरीस्थित सनराईज सभाहलमा उद्घाटनकाे कार्यक्रम रहेकाे छ । सम्मेलन फागुन सातदेखि दश गतेसम्म हुनेछ । कांग्रेसले शनिबार सञ्चारमाध्यमहरूलाई पत्र पठाएर निम्ताे दिएकाे छ ।

सम्मेलनमा सहभागी हुन देशभरिबाट महासमिति सदस्यहरू काठमाडौं आउने क्रममा छन् । महासमिति तयारी उपसमितिहरूले पनि कामहरू गरिरहेका छन् ।

Published : Saturday, 2024 February 17, 2:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया