चुनावमा एक्लै प्रतिस्पर्धा गरौँ, सरकार बनाउने बेला गठबन्धन गलौँला : कांग्रेस नेता भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता मोती भण्डारीले आगामी निर्वाचनमा कुनै पनि प्रकारको गठबन्धन गर्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित गुटको बैठकमा नेता भण्डारीले निर्वाचनका बेला कांग्रेसले एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले कांग्रेसले बहुमत पाउन सकेन भने सरकार बनाउने बेला गठबन्धन गरेर जानुपर्ने सुझाव दिएका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य समेत रहेका युवा नेता भण्डारीले भने, ‘अहिलेको यो गठबन्धन सहि हो वा सहि होइन भन्ने कुरा औल्याउनुपर्छ । बिगतमा हामीले पटक पटक गठबन्धन गर्यौँ ।’
‘गठबन्धन गर्दा नेपाली कांग्रेसको साइज घट्यो । कांग्रेसको मूल मर्म र सिद्धान्त तथा धरातल बिर्सियो’, उनले भने, ‘आगामी कुनै पनि निर्वाचन कांग्रेसले गठबन्धन गर्ने छैन भनेर महासमिति बैठकले पारित गर्नुपर्छ ।’
‘हामीले बहुमत पाउन सकेनौँ भने सरकार बनाउने बेला गठबन्धन गरौँला’, नेता भण्डारीले भनेका छन् ।
उनले भने, ‘जातीय र विभेदको नाममा पूर्वतिर प्रदेशको नाम राख्न खोजिएको छ त्यसलाई रोक्नुपर्नेछ । मधेश प्रदेशमा सीके राउतहरूको उपस्थिति छ । तथाकथित शक्तिहरूलाई पनि ठीक ठाउँमा लगेर सहि ढङ्गबाट समाधान गरेर नेपालको मूल प्रवाहमा राखेर नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया