महासमिति सदस्य नरहेका यी सभापतिहरूलाई महासमिति बैठकमा सहभागी हुन दिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापतिलगायतलाई आमन्त्रित सदस्यका रुपमा महासमितिको बैठकमा सहभागी गराउने निर्णय गरेको छ ।

शुक्रबार वीपीनगर, ललितपुरमा रहेको कांग्रेसको मुख्यालयमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महासमिति सदस्य नरहेका केही सभापतिहरूलाई महासमिति बैठकमा सहभागी हुन दिने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाले महासमितिको सदस्य नरहेका सभापतिहरूलाई बैठकमा सहभागी हुन दिने निर्णय गराएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने ।’

बिहीबार र शुक्रबार दुई दिन कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालयमा बसेर शुक्रबार सम्पन्न भएको छ । कांग्रेसको महासमिति बैठक फागुनको ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको छ ।

Published : Friday, 2024 February 16, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया