पूर्ण, गगन, विश्व, डा.महत र घिमिरेको प्रतिवेदनहरू कांग्रेसद्वारा परिमार्जनसहित पारित

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठकका लागि तयार पारिएका प्रस्तावहरूलाई सुझाव र परिमार्जनसहित पारित गरेको छ ।

बिहीबार र शुक्रबार कांग्रेसको केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा बसेर सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले उप–सभापति र दुई महामन्त्रीहरूको प्रस्तावलाई परिमार्जनसहित पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘प्राप्त सुझावलाई समावेश गरी परिमार्जन सहित महासमितिको बैठकमा प्रस्तुत गर्ने गरी पारित गरियो’, विज्ञप्तिमा उल्लेख छ ।

नीति प्रस्ताव तयारी समितिका संयोजक एवम् उप–सभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा.प्रकाशशरण महतद्वारा प्रस्तुत नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदनमाथि छलफल भएको कांग्रेसले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीहरूद्वारा प्राप्त सुझावलाई समावेश गरी परिमार्जन सहित महासमितिको बैठकमा प्रस्तुत गर्ने गरी पारित गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा.मीनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, दीपक गिरी, चन्द्रकान्त भण्डारी, पुष्पा भुसाल, शंकर भण्डारीले बोलेका थिए ।

मीनबहादुर विश्वकर्मा, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कण्डेल, डा.डिला संग्रौला, किरण यादव, शिवप्रसाद हुमागाइँ, रामजनम चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेलले पनि बैठकमा धारणा राखेका छन् ।

कृष्णकिशोर घिमिरे, आङ्गेलु शेर्पा, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, नैनसिंह महर, राजीव ढुंगाना, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, रणबहादुर रावल, अर्जुनजंगबहादुर सिंह, दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडाले पनि बैठकमा धारणा राखेका छन् ।

चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, रङ्गमती शाही, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, गोविन्दराज पोखरेल, सुशीला मिश्र भट्ट, नागिना यादव, नानु बास्तोला, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, दिनेश कोइराला, सुशील थिङ, सीताकुमारी राना, शान्ति परियार वि.क., भरतकुमार शाह, राधा घले, सीता थपलिया (उर्मिला), लक्ष्मी खतिवडा, सीतादेवी देवकोटा, शारदा पौडेलले पनि धारणा राखेका थिए ।

बैठकमा प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेश प्रदेश), ईन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश) र ललितजंग शाही (कर्णाली प्रदेश)ले आ–आफ्नो धारणा राखेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2024 February 16, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया