धेरै दुर्घटना हुन लागेपछि सडक दुर्घटना राेकथाम र न्यूनीकरण गर्न लुम्बिनीका यातायातमन्त्री राणाले बाेलाए सराेकारवालहरूकाे संयुक्त बैठक

देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सराेज थापा (राेज राणा)ले सडक दुर्घटना न्यूनीकरण र राेकथामका लागि सुरक्षा निकाय, यातायात व्यवसायी, यातायात मजदुरहरूकाे संयुक्त बैठक बनेलाएका छन् ।
मन्त्री राणाले बिहीबार प्रेस नाेट जारी गरेर फागुनकाे १४ गते संयुक्त बैठक बाेलाएकाे जनाएका छन् । बैठकबाट सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र सुझावहरू लिएर उचित निर्णय गरिने उनले बताए । मन्त्री राणाले सडक सुरक्षाप्रति लुम्बिनी प्रदेश सरकारले कुनै सम्झौता नगर्ने बताए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग सडक दुर्घटना राेकथाम र न्यूनीकरणबारे परामर्श गरेकाे उनले बताए ।
मन्त्री राणाले कपिलवस्तुमा बुधबार मध्य राती भएकाे बस दुर्घटनाले मर्माहत भएकाे जानएका छन् ।
`महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सु प-०२-००१ ख ००९८ नम्बर को बस बुधबार मध्यराति कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ सुरही पुल नजिक २०० मिटर तल खसेर दुर्घटना भई १० जनाको मृत्यु र ३० जना घाइते भएको खबरले निकै मर्माहत बनाएको छ´, मन्त्री राणाले भने ।
घाइतेको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गर्नेछ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु
´, उनले भने
, `मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु ।´
लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भएका सडक दुर्घटनाप्रति लुम्बिनी प्रदेश सरकार को गम्भीर ध्यानाकर्षण भएको छ´, मन्त्री राणाले भने,
`दुर्घटना रोकथाम र न्यूनीकरणका लागि लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, लुम्बिनी प्रदेश ट्राफिक प्रमुख, १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संघ/संस्थाको संयुक्त बैठक फागुन १४ गतेका लागि आह्वान गरिएको छ । संयुक्त बैठकपछि दुर्घटनाप्रति लुम्बिनी प्रदेश सरकार उद्योग तथा यातायात व्यवस्थामन्त्रालयको तर्फबाट दुर्घटना न्यूनीकरणका लागि विशेष निर्णय लिइनेछ ।´
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया