सात किलो सुन र ६२ लाखसहित सुरजित पक्राउ

पोखरा । प्रहरीले पोखराबाट स्रोत नखुलेको सात किलो सुन र चाँदी तथा ६२ लाख रुपियाँसहित भारतीय व्यापारी ४० वर्षीय सुरजित भौमिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाको मोहरियाटोलस्थित जय भैरव ज्वेलर्समा छापामारेको थियो । सुरजित भौमिकलाई स्रोत नखुलेको सुन र चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । सुरजित भौमिक भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ निवासी हुन् ।

सुरजितको साथबाट स्रोत नखुलेको ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम सुन, ६ किलो चाँदीका गहना र ६२ लाख ८१ हजार रूपियाँ नगद बरामद बरामद भएको कास्की प्रहरी प्रमुख (एसपी) मोहनकुमार थापाले जानकारी दिएका छन् ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले बताएका छन् । अबैध सुन र रकम बरामद भइरहेका बेला प्रहरीले पोखरामा ठूलो परिमाणमा सुन र चाँदी तथा नगद बरामद गरेको छ ।

Published : Tuesday, 2024 February 13, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया