धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होसारको अवसरमा शुभकामना दिएका छन् ।

शनिबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर भनेका छन्, ‘तामाङ जातिको अत्यन्त महत्वपूर्ण पर्व सोनाम ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु ।’

उनले भने, ‘नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

‘सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेका छन्’, देउवाले भने ।

‘सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ’, उनले भने ।

‘यी पर्वहरूले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएका छन्’, सभापति देउवाले शुभकामना सन्दशमा भनेका छन् ।

‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु र यस अवसरमा सबैमा पुन: शुभकामना व्यक्त गर्दछु’, उनले भने ।

Published : Saturday, 2024 February 10, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया