बालकुमारी काण्डका सिद्धिलाई झुर ठाउँ, १६ एसएसपीहरूको सरुवा, जीवनलाई गृहमन्त्रीको माया

काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा र काज गरेको छ ।

शुक्रबार गृहमन्त्रिस्तरीय निर्णयसहित १६ जना एसएसपीहरूको सरुवा र काज गरिएको सूचनामा उल्लेख छ ।

एसएसपी अरुण पौडेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, ईश्वर कार्कीलाई मधेश प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा जनकपुर, ओमबहादुर रानालाई मानव बेचबिखन अनुसन्धान व्यूरो, कृष्णबहादुर पल्ली मगरलाई सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, कृष्णहरि शर्मा पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गणेश चन्दलाई प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्साल, गोपालचन्द्र भट्टराईलाई मधेश प्रदेश तालिम केन्द्र जनकपुरमा सरुवा भएको छ ।

एसएसपी दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, जीवनकुमार श्रेष्ठलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, प्रवीण पोखरेललाई बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, मुकुन्द मरासिनीलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, रमेशकुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा तुलसीपुर, राजेन्द्रप्रसाद भट्टलाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत नेपालगञ्ज, शेखर खनाललाई जिल्ला प्रहरी परिषर ललितपुर, सिद्धिबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल र सुशीलसिंह राठौरलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा सरुवा गरिएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो गृहजिल्ला गोरखाका एसएसपी जीवनकुमार श्रेष्ठलाई सबैभन्दा आकर्षक स्थान दिएका छन् । मावन बेचबिखन व्यूरोबाट काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथमा सरुवा गरेर ल्याएका छन् ।

गृहमन्त्री श्रेष्ठले ललितपुरको बालकुमारमा दुई जनाको ज्यान जाने गरेर गोली काण्ड गराउने एसएसपी सिद्धिबिक्रम शाहलाई हेडक्वाटरको सबैभन्दा ‘झुर’ महाशाखामा लगेर थन्काएका छन् ।

Published : Friday, 2024 February 9, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया