प्रधानमन्त्रीद्वारा देउवासहित गठबन्धनका नेता र मुख्यमन्त्रीहरूसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटामा दाहालले संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उप–सभापति एवम् उप–प्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत दलका नेताहरूको सहभागित रहेको थियो ।

राष्ट्रिय समन्वय परिषद् दोस्रो बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन् ।

Published : Thursday, 2024 February 8, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया