पोखरामा समितासहित ६ जना पक्राउ

पोखरा । पोखरामा जुवातास खेलिरहेको अभियोगमा प्रहरीले ६ जनालाई नगदसहित पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका बाग्लुङ तमानखोला गाउँपालिका–१ घर भएकी ४५ वर्षीया समिता आले समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ६ सय ५५ रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Friday, 2024 January 26, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया