बारामा गोली हानेर हत्यामा संलग्न भारतीय सुटर पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले गोली प्रहार गरेर हत्या गरेको अभियोगमा भारतीय नागरिक २२ वर्षीय रुपेशकुमार महतोलाई पक्राउ गरेको छ ।
बारा प्रहरीका प्रवक्ता समेत रहेका नायब उपरीक्षक दधिराम न्यौपानेले भारतको मोतीहारी दार्पा थाना ग्राम पंचायत तिनकोनी वडा नं. १ सुक्लहिया टोल बस्ने कुम्ह महतोका छोरा रुपेशलाई पक्राउ गरिएको जनाएका छन् ।
असोज ९ गते साँझ बाराको पचरौता नगरपालिका वडा नं. ६ स्थित नेपाल–भारत सीमा नजिकै लक्ष्मिनियामा रहेको पोखरी नजिकै भारतीय नागरिक २२ वर्षीय अजितकुमार सिंहलाई गोली प्रहार गरेर हत्या भएको थियो । हत्या भएका अजितकुमार सिंह पनि भारतको मोतीहारी, दार्पा थाना वडा नं. १ सुक्लहिया गाउँ निवासी हुन् ।
अजितकुमार सिंहको हत्यामा संलग्न सुटर समूहमध्येको रुपेशकुमार महतो पनि सुटर समूहकै सदस्य रहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया