राप्ती नदीमा भएको ठूलो दुर्घटनापछि फेरि दाङमै अर्को बस पनि दुर्घटना

लमही । जिल्लास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नं. ९ झ्वाडीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बर्दियाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३–०१–००५ ख ९७१९ नम्बरको बस दुर्घटना भएको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बस दुर्घटना हुँदा बर्दियाको गेरूवा गाउँपालिका वडा नं. १ थापापुर बस्ने वर्ष ३६ को भीमनाथ योगी र बर्दियाको मधुवन नगरपालिका वडा नं. २ बस्ने युवराज चौधरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक बर्दियाको मधुवन नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३२ को खुशिराम चौधरी र सोही बसमा सवार बस धनी गुलरिया नगरपालिका वडा नं. ४ बस्ने वर्ष ४० को दीपक बिकको नर्सिङहोम नेपालगंजमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको बस प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटना के कारणले भएको हो खुल्न सकेको छैन ।

दुई हप्ता अगाडि दाङको भालुबाङस्थित राप्ती पुलबाट बस नदीमा खसेर दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको थियो ।

Published : Monday, 2024 January 22, 8:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया