प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते बोलाउने तयारी
काठमाडौं । सभामुख र राजनीतिक दलहरूबीच प्रतिनिधिसभाको हिउँदे अधिवेशन माघको १८ गते बोलाउने तयारी भएको छ ।
आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले समितिका सभापतिहरूसँगको छलफलका क्रममा संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी भइरहेको जानकारी गराएका छन् । संसदको बैठकको तयारीका विषयमा सभामुख घिमिरेले सभापतिहरूसँग विधेयकहरूलाई लिएर छलफल गरेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए ।
संसदको अधिवेशन सुरु भएमा बैठकलाई विज्नेश दिनुपर्छ । विज्नेश भएन भने संसदको बैठक चलाउन निकै कठिन हुनेछ ।
समितिहरूमा विभिन्ने विधेयक छलफलमा रहेका छन् । ती विधेयकहरू छिटो टुंगियो भने प्रतिवेदनसहित संसदको बैठकमा पेश हुनेछन् ।
Published : Sunday, 2024 January 21, 3:16 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया