होटल सञ्चालिका ललिताद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

जावलाखेल । ललितपुरमा होटल सञ्चालिका ललिता भण्डारी देवकोटाले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छिन् ।

ललिता होटल स्क्वायरकी सञ्चालिका हुन् । जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएपछि ललिताले आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख (एसएसपी) शेखर खनालले बताएका छन् ।

होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल फरार छिन् । अहिले प्रहरीमा समर्पण गरेकी भण्डारी रोमी अर्यालकी सासू हुन् ।

ललितपुर महानगरपालिका वडा नम्बर–३ मा सञ्चालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । होटलका सञ्चालकहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

Published : Sunday, 2024 January 21, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया