भालुबाङ बस दुर्घटनाप्रति मुख्यमन्त्री चौधरीद्वारा दु:ख व्यक्त

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बस दुर्घटनाप्रति गहिराे दु:ख व्यक्त गरेका छन् ।

शनिबार प्रेस नाेट जारी गरेर चौधरीले दुर्घटनाका घाइतेकाेे शीघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन् । भे.१ख.३९१२ नं.को यात्रुवाहक बस दाङको भालुवाङमा शुक्रवार राति राप्ती पुलबाट नदीमा खसेर भएको दुर्घटनाले र त्यस्ले निम्त्याएको जनधनको ठूलो क्षतिले मर्माहत बनाएको उनले बताएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्ष र निकायलाई मुख्यमन्त्री चौधरीले बताएका छन् ।

उद्दार र उपचारमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयलाई उनले धन्यवाद दिएका छन् ।


दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति उनले श्रद्धाञ्जलि दिएका छन् ।

Published : Saturday, 2024 January 13, 10:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया