तरुण दलका पूर्व अध्यक्ष बस्नेतद्वारा राष्ट्रियसभााका लागि उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेतले राष्ट्रिय सभाकाे निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

बस्नेतले साेमबार बागमति प्रदेशमा उम्मेदवारी दर्ता गराएका हुन ।

राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनका उम्मेद्बारहरू नेपाली कांग्रेसको तर्फबाट जीतजंङ्ग बस्नेत, बिष्णुदेबी पुडासैनी, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा (एकीकृत समाजबादी)का घनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दर्ता गराएको हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यलयबाट सुरू भएको र्याली सहित निर्वाचन आयोगको बागमती प्रदेश कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गरिएको हो ।

उम्मेदवारी दर्ता कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा, नेपाली कांग्रेस मकवानपुर वागमती प्रदेश उपसभापति चन्द्र महर्जन, र ललितपुर पार्टी सभापति बुद्ध लामा, जितेन्द्र श्रेष्ठ, बागमती प्रदेश सदस्य कुन्दनराज कफ्ले, मीनकृष्ण महर्जन, माया श्रेष्ठ, हरिप्रभा खड्गी लागायतको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2024 January 9, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया