बालकुमारी घटनाबारे बयान लिन राज्य व्यवस्थाले गृहमन्त्री र आईजीपीहरुलाई बोलायो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनाको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर जानकारी माग गर्ने भएको छ ।
सिंहदरबारमा सोमबार बिहान ८ बजे बस्ने बैठकमा समितिले गृहमन्त्री श्रेष्ठलाई बोलाएको सभापति रामहरि खतिवडाले बताएका छन् । खतिवडाले भने, ‘बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा जानकारी लिन गृहमन्त्री र तीन सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छौँ ।’
गृहमन्त्री श्रेष्ठका साथै नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई समितिले बोलाएको जनाएको छ ।
पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षाका फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार युवाहरुले प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया