सरकारले बालकुमारी घटनामा मृत्यु भएका २ युवकका परिवारलाई दश लाख राहत दिने

काठमाडौं । सरकारले बालकुमारी घटनामा मृत्यु भएका २ युवकको परिवारलाई जनही १०/१० लाख राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

‘मृतकका परिवारलाई प्रतिपरिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ’, सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भनेकी छिन् ।

Published : Saturday, 2023 December 30, 4:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया