प्रधानमन्त्री दाहालले गृहमन्त्री र आईजीपीहरुलाई बोलाए, बालकुमारी घटनाबारे लिए ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरुलाई बोलाएर जानकारी माग गरेका छन् ।
दाहालले शनिबार बिहान सरकारी निवास बालुवाटारमा बोलाएर गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरुसँग घटनाको ब्रिफिङ लिएका हुन् । दाहालले घटनालाई सामान्य रुपमा नियन्त्रणमा लिन किन नसकेको भनेर जानकारी माग गरेका थिए ।
प्रधानमन्त्री दाहालसँगको बैठकमा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए ।
Published : Saturday, 2023 December 30, 10:46 am
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया