कानिङ सेडुप लिङको शेनपेनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । कानिङ सेडुप लिङ गुम्बा, रामहिटी, बौद्ध अन्तर्गतको शेनपेन परियोजनाले चार दिनका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
गुम्बाका संरक्षक छोकीनीमा रिन्पोछेको आज्ञानुसार पुसको १२, १३, १५ र १६ गतेका दिन गुम्बाको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन भएको हो । तिलगंगा सिटी आईसेन्टरका प्रमुख किरण शाक्यको संयोजकमा निःशुल्क आँखा शिविर तथा सम्यक डायग्नोष्टिकका डा.कैयूर गौतमको सहकार्यमा ब्लड, सुगर र युरिक एसिड निःशुल्क परीक्षणका कार्यहरु संचालन गरिएको छ । स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारणले स्वास्थ्य सेवा लिएको गुम्बाका खन्ेपो पेमा लामाले बताएका छन् ।
बुद्धधर्म अनुसार मानव जीवन अत्यन्त दुर्लभ मानिएको उल्लेख गरिएको छ । दैनिक क्रियाकलापको लागि मानव जीवन सदैब स्वास्थ तनदुस्त हुन आवश्यक छ ।
सयम समयमा स्वास्थ परीक्षणहरु गराई दैनिक खानपानहरु ध्यान दिई उपचार गराएमा स्वास्थ्य रहन मद्दत पुग्ने भएकोले यस्ता किसिमको शिविरमा हुने परीक्षणले मानव जीवनमा स्वास्थ राख्न सहयोग पु¥याउने सम्बन्धमा लामाले बताएका छन् ।
चार दिनसम्म संचालन हुने शिविरको पहिलो दिन करिब २०० भन्दा धेरै सर्वसाधारण सहभागी भएर स्वास्थ्य परीक्षण गराई लावान्वित भएका छन् । स्वास्थ्य शिविरबाट करीव १५०० जनाले लाभ लिने अनुमान गरिएको छ ।
डा.देविश प्याकुरेलले स्वास्थ्य शिविरमा सहभागी भएकाहरुको रिपोर्ट हेरेर काउन्सिलिगङ्ग गरेका छन् ।
गुम्बाका शेनपेन परियोजनाका प्रमुख संयोजक उर्गेन लामाबाट शिविरको शुरुवातबाट नै प्रमुख सहयोगी भूभिका निर्वाह गरेका छन् ।
गुम्बाका गुरु, लामा, भिक्षु, भिक्षुणी तथा कर्मचारीहरुबाट आवश्यकता अनुसार शिविरमा स्वयंसेवकका कार्यहरु हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया