एमालेले नेता बस्याललाई कारबाही गरेर फाल्याे
काठमाडौं । नेकपा (एमाले)ले रामप्रसाद बस्याललाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको छ ।
एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गरेर एमाले नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र यसका मूलभूत मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउँदै त्यस विपरीत हिँडेकाले बस्याललाई पार्टीबाट निष्कासन गरिएको बताएका छन् ।
एमालेमा बसेर नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीतिविरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार नहुने र यस प्रकारको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै विज्ञप्तिमार्फत बस्याललाई आजकै मितिदेखि लागू हुने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बस्याल पूर्व राजा ज्ञानेन्द्र शाहकाे अभिनन्दन कार्यक्रमकाे मूल समारोह समितिकाे संयाेजक बनेपछि एमालेले कारबाही गरेर निकालेको हाे । बस्याललाई एमालेले सिद्धार्थ नगरपालिकाकाे मेयरकाे टिकट दिएकाे थियोे । बस्याल मेयरमा पराजित भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया