प्यूठानमा ३१ वर्षपछि कम्युनिस्ट किल्ला भत्काएका कांग्रेसका राेज राणा मन्त्री बन्दै

मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तारकाे तयारी गरेका छन् ।

स्राेतका अनुसार मुख्यमन्त्री चौधरीले आइतबार कार्यालय समयमा प्रदेश प्रमुखको कार्यालय बुटवलमा दुई जना मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । चौधरीले नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सभाका सदस्य सराेज थापा (राेज राणा)लाई वाणिज्य तथा यातायात व्यवस्था मन्त्रालयमा शपथकाे तयारी गरेका छन् ।

प्यूठान जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित राणा क्षेत्रीय सभापति पनि हुन् । उनले प्यूठानमा ३१ वर्षपछि एमालेलाई हराएर कम्युनिस्टकाे किल्ला भत्काएका थिए ।

प्रदेश सभा सदस्य राणा नेपाली चलचित्रका चर्चित व्यक्ति पनि हुन् । राणा चलचित्र निर्देशक, अभिनेता र निर्माता पनि हुन् । राणाले टक्का दुई मुटुको, खलनायक, दादागिरी, दाेस्ती, डन, म छु नी तिम्रो, मेराे पैसा खाेई ? चलचित्र निमार्ण गरेका हुन् ।

यसैबीच, मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र) कि प्रदेश सभा सदस्य कृष्णा केसीलाई शहरी विकास मन्त्रालयकाे जिम्मेवारी दिनेछन् । केसीले पनि शपथ लिनेछिन् ।

मुख्यमन्त्री चौधरीले एउटा मन्त्रालय आफैसंग राखेका छन् । साे मन्त्रालयमा समय आएपछि मन्त्री बनाउने तयारी गरेकाे स्रोतले जनाएको छ ।

Published : Saturday, 2023 December 23, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया