कांग्रेसलाई बलियाे बनाउन गाउँबाट संगठन गर्न सभापति देउबाकाे निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाली कांग्रेस बागमतीकाे बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले राष्ट्र एउटा दोधारमा उभिएको बताएका छन् । अहिलेको बेला सबैले मिलेर कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको सभापति देउबाले बताएका छन् ।
उनले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको बताएका छन् ।
सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लाेस्तरबाटै पार्टीलाई पूर्ण रूपमा प्रतिबद्ध गराइ बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।
सबै क्षेत्रमा आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था भएकाले यो व्यवस्था अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।
सभापति देउबाले कांग्रेसलाई अझै सुदृढ गर्न र यसलाई ग्रास लेभलबाटै पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्न पनि नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया