प्रधानमन्त्री दाहालसँग रेशम चौधरीद्वारा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले भेटवार्ता गरेका छन् ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर चौधरीले महाधिवेशनको निम्तो दिएका छन् । नाउपाको प्रथम महाधिवेशन पुसको २६ देखि २८ गतेसम्म आयोजना हुन लागेको छ ।

नाउपाको महाधिवेशनमा प्रधानमन्त्री दाहाल आउने आश्वासन दिएको संरक्षक चौधरीले बताएका छन् ।

पहिलो महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने जनाएको छ ।

नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

Published : Monday, 2023 December 18, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया