सर्वोच्चको आदेशले पल शाहलाई तनाब

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ ।

मंसिर २२ गते सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको छ । सर्वोच्चको आदेशले अभिनेता शाहलाई झट्का लागेको छ । शाहलाई तनाब थपिएको छ ।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो ।

अभिनेता शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरूको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर छ ।

उमेर नपुगेको भनिएकी एक जना गायिकाले अभिनेता शाहविरुद्ध जबरजस्ती करणीको मुद्धा दिएकी थिइन् । सोही मुद्धामा शाहले उच्च अदालतबाट सफाइ पाएका थिए । सर्वोच्च अदालतले मुद्धा दोहोर्‍याएर हेर्न अनुमति दिएपछि शाहलाई तनब भएको छ ।

Published : Saturday, 2023 December 16, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया