सूर्यबहादुरसहित १५ उप–सचिवलाई सह–सचिवमा बढुवा सिफारिस

काठमाडौं । बढुवा सिफारिस समितिले सूर्यबहादुर क्षेत्रीसहित १५ जना उप–सचिवहरूलाई सह–सचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

समितिले कार्यक्षमताको मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उप–सचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी (सह–सचिव)मा बढुवाका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।

बढुवा सिफारिस हुनेहरूमा सूर्यबहादुर क्षेत्री, नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुबबहादुर खड्का, दीर्घबहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थप्रसाद धिताल, राजेश गौतम रहेका छन् ।

ऋषिराम पंगेनी, रामराज उपाध्याय (कडरिया), राजकपुर चौलागाईं, सन्तोष प्रसाद दाहाल, जीवनप्रसाद दुलाल र ऋषिराज आचार्य पनि बढुवा सिफारिसमा परेका छन् ।

Published : Monday, 2023 December 11, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया