विधि र पद्धतिको कुरा गर्ने गगनका अराजक समर्थकद्वारा सरकारी गाडी दुरुपयोग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई भेट्न सरकारी गाडीमा आएका कार्यकर्ताका कारण जेब्राक्रसबाट हिँड्ने पैदल यात्रुलाई निकै कठिनाइ भएको छ ।
आइतबार बिहान करीव ८ बजे काठमाडौंको रातोपुल, ज्ञानेश्वर नजिकै मूल सडकमा थापाका समर्थकले राखेको बा २ झ ३७२७ नम्बरको सरकारी स्कार्पियो गाडीले पैदल यात्रुलाई निकै सास्ती दिएको हो ।
यो सरकारी गाडीबाट उत्रिएर समर्थक/कार्यकर्ताहरू थापालाई भेट्न उनको घरमा छिरेका थिए । गाडीले करीव ३ घण्टासम्म सडकमा पैदल यात्रुलाई जेब्रा क्रसमा अबरोध गरेर हैरान बनाएको थियो ।
महामन्त्री थापाका समर्थक (कार्यकर्ता) चढेको सरकारी गाडी कुन कार्यालयको हो खुल्न सकेको छैन । तर, बिहानै थापालाई भेट्न आएका कार्यकर्ताले सरकारी नम्बर प्लेटको गाडी महामन्त्री थापाको निवास नजिकैको मूल सडकमा राखेर पैदल यात्रुलाई दु:ख दिएपछि स्थानीयले आक्रोश पोखेका छन् ।
विधि र पद्धतिको कुरा गर्ने कांग्रेसका महामन्त्री थापाका कार्यकर्ताले सरकारी गाडी दुरुपयोग गरे पनि हुन्छ । पैदल यात्रुलाई हिँड्न अबरोध गर्दा पनि हुन्छ । जेब्रा क्रसलाई अबरोध हुने गरेर सरकारी गाडी राख्दा पनि हुन्छ ।
थापा सत्तारुढा नेपाली कांग्रेसका महामन्त्री हुन् । थापाले कानूनको उल्लंघन गरे पनि छुट होला ! सरकारी गाडी दुरुपयोग गर्ने कार्यकर्तालाई थापाले कारबाही गर्छन् वा गर्दैनन् हेर्न बाँकी छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया