विमानस्थलमा फेरि साढे ६ किलो सुन भेटियो, महशुर छन् तस्करहरू
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ५ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
आइतबार बिहन १ बजे भन्सार पास भइसकेको अवस्थामा साढे ६ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिनसहित ३ जनालाई पक्राउ गरिएको छ । अन्य दुई जना सुडानका नागरिक हुन् ।
ज्याकेटभित्रको वस्त्रमा ६ थान अर्धतरल सुन ल्याएको देखिएको छ ।
फ्लाइ दुबईको एफ जेड ५७३ को फ्लाइटबाट सुन ल्याइएको थियो । मोहम्मदसँगै आएका भएकाले दुई सुडानीलाई आशंकामा पक्राउ गरिएको छ ।
बिहीबार १४ किलो सुनसहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ परेका थिए । विमानस्थलबाट धमाधम सुन तस्करी भइरहेका छन् । गृह प्रशासन र भन्सारले के हेरेर बसेको छ प्रश्न उठेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया