मन्त्रीले प्रदीपलाई जतिबेला पनि लात हानेर फाल्न सक्ने, नेता कर्मचारीहरूको जेब गरम

काठमाडौं । युरोपियन यूनियन (ईयू)ले नेपाल नागरिक उड्डयनलाई कालोसूचीमा राख्ने निर्णयलाई निरन्तरता दिएपछि आत्तिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी निकै तनाबमा परेका छन् ।

महानिर्देशक अधिकारीले हाइलेबलका व्यक्तिहरूसँग नाम जोडेर कुरा मिलाइसके भनेर गफ दिने गरेको चर्चा प्राधिकरणभित्र छ । अधिकारीलाई महानिर्देशक पदबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले कुनै पनि बेला लात हानेर निकाल्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

मन्त्री किराँतीले नेपाल वायुसेवा निगममा धेरै ठूलो परिवर्तन ल्याइदिएका छन् । किराँतीका कारण जनतको सेवामा निकै सुधार गर्दै निगमले क्रमश: राम्रो व्यापार गरेका बेला महानिर्देशक अधिकारीले ग्राउण्ड ह्याण्डेलिङ खोस्ने तयारी गरेपछि मन्त्री किराँती र महानिर्देशक अधिकारीका बीच ठूलो द्वन्द्व चर्किएको छ ।

निमगलाई ग्राउण्ड ह्याण्डेलिङबाट राम्रो कमाइ भइरहेको छ । निगमलाई धरासायी बनाउन अधिकारीले प्रतिस्पर्धाका नाममा ग्राउण्ड ह्याण्डेलिङ खोस्ने तयारी गरेका छन् ।

महानिर्देशक अधिकारीले निगमलाई सुधारतिर लगेका बेला कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउँछु भनेर गफ लगाउने गरेको प्राधिकरणका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा रिपब्लिका दैनिकलाई पठाएको मेलमा उल्लेख छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउन हदैसम्म खर्च गर्ने भनेर बरबराउने गरेको ती कर्मचारीले बताएका छन् । निगमका केही कर्मचारीलाई महानिर्देशक अधिकारीले उचालेर आन्दोलन गराउन खोजेको आरोप पनि लागेको छ ।

महानिर्देशक अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका आफू निकटका कर्मचारी संगठनका नेताहरूलाई प्रलोभनमा पारेर (उचालेर) निगमबिरुद्ध विज्ञप्ति निकाल्न लगाएको स्रोतले जनाएको छ । काठमाडौंको मौसमले च्यालेञ्ज गरेका बेला कर्मचारी संगठनका केही लोभी नेताहरूको गोजी गरम भएको प्राधिकरणभित्र निकै ठूलो हल्लाखल्ला छ ।

महानिर्देशक अधिकारीको उक्साहटमा विज्ञप्ति निकालेर निगमविरुद्ध हर्कत गर्ने कर्मचारी संगठनका केही लोभी नेताहरूको सूची इमान्दार कर्मचारीहरूले तयार पारेका छन् । मौका आयो भने उनीहरूलाई सबक सिकाउने तयारी भएको स्रोतले जनाएको छ ।

ईयूले कालोसूचीमा निरन्तरता दिएपछि सो कुरालाई मोड्न महानिर्देशक अधिकारीले निगम र श्री एयरलाई तारो बनाएका हुन् ।

अहिले नेपालको आकासको सबैभन्दा ठूलो समस्या नागरिक उड्डयन हो । महानिर्देशक अधिकारी नागरिक उड्डयन, निगम र निजी वायुसेवालाई घाँडो भएका छन् ।

मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई सबक सिकाउने तयारी गरेका छन् । किराँतीले अहिलेसम्म राम्रो काम गरेका छन् । महानिर्देशक अधिकारीको पावर र पैसामा बिक्न नहुने सुझाव प्राधिकरणकै कर्मचारीहरूले रिपब्लिका दैनिकलाई पठाएको मेलमार्फत अपील गरेका छन् ।

मन्त्री किराँतीले गरेको सबै राम्रा कामलाई महानिर्देशक अधिकारीले माटोमा हालिदिएका छन् । किराँतीले अधिकारीसँग हार मान्नेवाला छैनन् ।

मन्त्रिपरिषदको हेरफेरको चर्चासँग किराँतीलाई हटाउन सेटिङ्ग गरेको छु भनेर महानिर्देशक अधिकारीले आफू निकटका कर्मचारीलाई धाक लगाउने गरेको आरोप छ ।

महानिर्देशक अधिकारीले नेपाली कांग्रेसका एक शीर्ष नेतालाई मिलाएको भनेर ती नेताको नाम लिने गरेका छन् । जबकि महानिर्देशक अधिकारी एमाले निकटका हुन् । अधिकारीलाई पूर्णबहादुर खड्का बाहेक कांग्रेसका कुनै पनि नेताले टेरपुच्छर लगाएका छैनन् । खड्काको कति पावर चल्छ वा चल्दैन महानिर्देशक अधिकारीलाई नै राम्रोसँग जानकारी होला । सरकार र महानिर्देशक अधिकारीले कांग्रेसको एकजना ठूलै नेतासँग कुरा मिलाएको भनेर भन्ने गरेका छन् । त्यो कुरा सरासर गलत भएको ती नेताले रिपब्लिका दैनिकलाई बताएका छन् । कांग्रेसका कुनै पनि नेताले महानिर्देशक अधिकारीलाई बचाउने पक्षमा छैनन् ।

महानिर्देशक अधिकारीले २–३ वटा र…ले चलाएको पाटीसाटी अनलाईन र रिपब्लिकाले आफ्नो जा… पनि नहल्लेको भनेर निकट कर्मचारीलाई गफ दिने गरेको उच्च स्रोतले जनाएको छ ।

मन्त्री किराँती र सरकारले अहिले नै ग्राउन्ड ह्याण्डलिङ्ग निगमबाट नखोस्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ । मन्त्री किराँती र सरकारको यो निर्णयले महानिर्देशक अधिकारीलाई खलखली पसिना आएको छ ।

ईयूको प्रतिवेदनबाट ध्यान मोड्ने महानिर्देशक अधिकारीले ग्राउण्ड ह्याण्डेलिङ खोस्ने वा प्रतिस्पर्धामा लगाउने कुरा स्टन्ट मात्र भएको स्रोतले जनाएको छ ।

निगमले दशकौंदेखि गर्दै आएको ग्राउण्ड ह्याण्डेलिङ, राष्ट्रको सुरक्षासंग सम्बन्धित र निगमको बलियो आयको कुरा सरकारलाई राम्रोसँग जानकारी छ । यो विषयमा गृहकार्य नै नगरेर महानिर्देशक अधिकारीले लागुपदार्थ साना भुराभुरीको निर्णय भनेर टिकाटिप्पणी भएका छन् ।

ईयूको विषयमा संसदीय समितिले बोलाउँदा महानिर्देशक अधिकारीले झुटमाथि झुट बोलेर दिउँसै रात पारेको आरोप सांसदहरूले लगाएका छन् ।

पोखरा र गौतम बुद्ध विमानस्थल बनाउँदा अधिकारी नै योजना प्रमुख थिए । उनले अस्वाभाविक रुपमा दोब्बर खर्च गराएको आरोप छ । अरबौ रुपियाँ चिनियाँ ऋणमा देशलाई धकेलेको आरोप छ ।

पोखरा विमानस्थल बन्दा पनि रिठ्ठेडाडा काट्न अधिकारीले कुनै पहल गरेनन् । अहिले आएर त्यसमा करोडौं खर्च भएको छ ।

पोखरामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दैछ । ईयूको कालोसूचीबाट नेपाल हट्न सकेको छैन । नयाँ विमानस्थल चलेको छैन । बल्लबल्ल तंग्रिन लागेको निगमको ढाड भाँचेर अरबौ घाटा गराएर डुबाउने प्रपञ्च गर्ने भएका छन् ।

खर्बमा राष्ट्रलाई नोक्सानी गराउने महानिर्देशक अधिकारीलाई किन पालेको ? भनेर सरकारप्रति प्राधिकरणका कर्मचारीहरूले प्रश्न गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा गएका बेला होटलमा मर्यादामा बस्न नसकेको भनेर महानिर्देशक अधिकारीको आलोचना समेत भएको थियो । महानिर्देशक अधिकारीले मन्त्री र कर्मचारीहरूलाई अपशब्द बोलेर गालीगलौज गर्ने गरेपछि कर्मचारीहरू उनको अगाडि जान डराउँने गरेको चर्चा छ ।

Published : Friday, 2023 December 8, 2:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया