एमालेको बाहुल्य रहेको संसद सचिवालयमा उप-सचिवले शाखा अधिकृतलाई चड्कन दिए

काठमाडौं । एमाले निकटका कर्मचारीहरूको पकडमा रहेको संघीय संसद सचिवालयमा कर्मचारीका बीच कुटपिट भएको छ ।

मंगलबार बिहान करीव ११ बजे सिंहदरबारस्थित संसद सचिवालयका उप–सचिव रामप्रसाद गैरेले महिला शाखा अधिकृतलाई हातहालेको एक कर्मचारीले बताएका छन् । प्रतिवेदनमा नाम छुटेको विषयमा उप–सचिव गैरेले महिला कर्मचारी शाखा अधिकृतलाई चड्कन लगाइदिएका हुन् ।

महिला शाखा अधिकृतले आफ्नो जिम्मेवारीअनुसार काम नगरेपछि गैरेको हातबाट कुटाइ खानु परेको छ । अपवाद बाहेक संसद सचिवालयका अधिकांश कर्मचारीहरूले जिम्मेवारीअनुसार काम नगरेको भनेर गुनासा आइरहेका बेला उप–सचिव गैरेले शाखा अधिकृतलाई दनक दिएका छन् ।

प्रतिनिधिसभाको सभामुख देवराज घिमिरे छन् । घिमिरे एमालेका सांसद हुन् । घिमिरेले संसद सचिवालयलाई एमाले निकटका कर्मचारीहरूको अखडा बनाएका छन् ।

राष्ट्रिय सभाको अध्यक्ष पनि एमालेका सांसद गणेश तिमिल्सिना छन् । तिमिल्सिनाले पनि एमाले निकटका कर्मचारीहरूलाई काखी च्याप्ने गरेका छन् ।

सभामुख घिमिरेले उप–सचिव गैरे र चड्कन खाने महिला शाखा अधिकृतलाई कार्यकक्षमा बोलाएर मिलापत्र गराएर पठाएको एक कर्मचारीले बताए ।

Published : Thursday, 2023 December 7, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया