पूर्वगृहमन्त्री खाणको निवेदनमा २८ गते सुनुवाइ हुने

काठमाडौं । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।

अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा मंसिर १५ गते राय बाझिएको थियो । विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेस गरी सुनुवाइ गर्ने तय भएको छ ।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी र ३० लाख धरौटीमा छाड्ने राय दिएका थिए ।

न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिएका थिए । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले पूर्वमन्त्री खाणको मुद्दामा दुई न्यायाधीशको राय बँझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार मंसिर २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको बताएका छन् ।

Published : Wednesday, 2023 December 6, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया